काठमाडौं । ६ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा मंगलबार भने सामान्य अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को बिन्दुमा कायम भएको हो ।
आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा खुम्चिएको छ ।
आजको कारोबारमा बैंकिङ ०.१२, लघुवित्त ०.०६, निर्जीवन बिमा ०.१७ र व्यापार समूह ०.०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक ०.३१, वित्त ०.४०, होटल तथा पर्यटन ०.८८, जलविद्युत ०.८४, लगानी ०.१६ र जीवन बिमा ०.८२ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन ०.५३, म्युचुअल फण्ड ०.३७ र अन्य समूह ०.३४ प्रतिशतले बढेको छ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ३१ करोड ९२ लाख छ हजार ७१३ बराबरको सात लाख ६८ हजार ६५ कित्ता सेयर किनबेच भएको छ ।

































