सुनको मूल्य प्रतितोला एक हजार घट्यो, चाँदी बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार घट्यो, चाँदी बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रकाशित गरेको दर अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको हो ।

यसअघि सोमबार सुनको कारोबार मूल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो, जसको तुलनामा आज मूल्य घटेको हो ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले वृद्धि भई ३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार १८५ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ ।

Tokha