लगातार छैटौं दिन घट्यो सेयर बजार

लगातार छैटौं दिन घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार लगातार छैटौं दिन ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ३.०२ अंक घटेर २६०६ अंकमा ओर्लिएको हो ।

सोमबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको घटेको र १२ कम्पनीको मूल्य स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढावमा रह्यो भने कारोबार रकम ५ अर्ब ३३ करोड रुपैयाँबाट घटेर ४ अर्ब ६६ करोड रुपैयाँमा सीमित भयो ।

समूहगत सूचकमा मिश्रित प्रवृत्ति देखियो । जलविद्युत ०.१२, जीवन बिमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बिमा ०.०५ र व्यापार ०.४१ प्रतिशतले बढेको छ । बैंकिङ ०.६७, विकास बैंक ०.११, वित्त ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, लघुवित्त ०.२९ र अन्य ०.२१ प्रतिशतले घटेको छ ।

अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकमा सकारात्माक सर्किट लागेको छ । त्यस्तै, इङ्वा हाइड्रोपावर ९.०३ र पियोर इनर्जी ४.४ प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स ५.१६, मेन्छियाम हाइड्रोपावर ३.७३ र गुहेश्वरी मर्चेन्ट बैंक ३६८ प्रतिशतले घटेको छ।

Tokha