काठमाडौं । स्थानीय बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघिको दिन आइतबार सुन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । सोमबार चाँदी प्रतितोला २० रुपैयाँले सस्तो हुँदै ३ हजार ५८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ३ हजार ६०५ रुपैयाँ थियो ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ४ हजार २१३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

































