नेपाल-अमेरिका व्यापार र ऊर्जा साझेदारीमा एमच्याम नेपालद्वारा वासिङ्टन डिसीमा उच्चस्तरीय छलफल

नेपाल-अमेरिका व्यापार र ऊर्जा साझेदारीमा एमच्याम नेपालद्वारा वासिङ्टन डिसीमा उच्चस्तरीय छलफल

काठमाडौं । अमेरिकन चेम्बर अफकमर्श इन नेपाल (एमच्याम नेपाल)ले अमेरिकाको वासिङ्टन डिसीमा नेपालमा अमेरिकीलगानीका सम्भावनाकाविषयमाउच्चस्तरीय छलफल गरेको छ ।

यूएस कर्मियल संस्थाहरुको सहयोगमा अमेरिकन चेम्बर अफकमर्शको केन्द्रीयकार्यालयमायही डिसेम्बर १ मा भएको बैठकमा अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफकमर्श, कमर्सियल सर्भिसेस यूएस चेम्बर अफकमर्शका वरिष्ठ प्रतिनिधिहरुको सहभागिताथियो ।

त्यस अवसरमा द्विपक्षीयव्यापार, आर्थिक कूटनीति, ऊर्जा, सञ्चार तथा सूचनाप्रविधि, विकसितप्रविधि, उत्पादनमुलक क्षेत्र र सेवामुलकउद्योगमाहुनसक्ने साझेदारी, सहकार्य र सम्भावनाबारे चर्चा गरिएको एमच्याम नेपालले जनाएको छ ।

त्यस अवसरमा एमच्यामले नेपालमानिजी क्षेत्रकालागिलगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत क्षेत्रमामात्रै १० अर्ब अमेरिकी डलर लगानीको सम्भावना प्रस्तुत गरेको थियो ।

एमच्यामनेपालका संस्थापकअध्यक्षअजितशाहले अमेरिकी चेम्बर अफकमर्श इन नेपालको स्थापनाविभिन्न अमेरिकीकम्पनीहरुको सहयोगमाभएको उल्लेख गरे । उनले एमच्यामनेपालदुवै देशकालगानीकर्ताका लागिबलियो र प्रभावकारी माध्यम रहेको बताए ।

नेपाल र अमेरिकाकादुवै देशलाई फाइदाहुने गरी व्यापार र लगानीको ठूलो अवसर नेपालमा रहेको उल्लेख गर्दै शाहले ऊर्जा र प्रविधि, डिजिटल नवप्रवर्तनसँगै अन्य क्षेत्रमापनि ठूलो अवसर रहेकोमा जोड दिए ।

शाहले दुवै देशले व्यापार र लगानी बढाउनका लागि देखिएकानियामकीयचुनौती, अवरोध हटाउन पनि जरुरी रहेको धारणा राखे ।  उनले नेपालमा रहेको अमेरिकीदूतावासले एमच्यामलाई गरेको सहयोगप्रतिधन्यवाद समेत दिए ।  यसमार्फत नेपालमा अमेरिकीलगानी बढावा दिनकालागि सहयोग पुगेको उनको भनाइथियो ।

त्यस अवसरमा अमेरिकीअधिकारीहरुले नेपालमाभएको नीतिगत सुधारको प्रयासलाई प्रशंसा गरेका थिए । यूएस चेम्बर अफकमर्शका निर्देशक प्याट्रिक पिटले भने, ‘नेपाल सरकारले आइसिटीको क्षेत्रमा देखाएको नीतिगत सुधार निकै राम्रो छ, सरकारले नेपालीकम्पनीलाई अमेरिकामा सब्सिडरी कार्यालय खोल्न पनि बाटो खुलेको छ, यसले अमेरिकीनिजी क्षेत्रलाई थपलगानी गर्नका लागि सहजभएको छ ।’

उनले पूर्वानुमान योग्यनियम, पारदर्शी कानुनतथा निरन्तर कार्यान्वयन अमेरिकीलगानीकर्तालाई आकर्षित गर्ने मुख्यतत्वभएको बताए । ‘यस्ताअवसरका लागिनेपालक्रमशः महत्वपूर्ण बजारको रूपमाउदाइरहेको छ । हामीनेपालले अमेरिकीव्यवसायहरू सफलहुन सक्ने वातावरण अझ सुदृढ गर्दै साझेदारीसहितको समृद्धिमा योगदान पुर्याउने अपेक्षा गर्छौँ ।’उनले भने ।

कार्यक्रममाएमच्याम नेपालले नेपालमाशतप्रतिशतनवीकरणीय ऊर्जा उत्पादन, डाटा सेन्टर र उच्चक्षमताका कम्प्युटिङ सुविधाकालागि रणनीतिक अवसर प्रस्तुत गरेको थियो । नेपालमाकरिब ९२ प्रतिशतजलविद्युत् क्षमताअझै अविकसितअवस्थामा रहेको र यस क्षेत्रमाशतप्रतिशत वैदेशिकलगानीको अनुमतिपनि रहेको बताइएको थियो । अमेरिकीपक्षले पनिक्षेत्रीऊर्जा सुरक्षामा नेपालले गर्नसक्ने योगदानतथा दीर्घकालीन, दिगो लगानीको सम्भावनाप्रतिचासो व्यक्त गरेको थियो ।

साथै दुवै पक्षले अमेरिका-नेपालजलविद्युत लगानीको वेबिनार आयोजना गर्ने, अमेरिकाकाविभिन्न सहरमा लगानीकर्ताले रोड-शो सञ्चालन गर्ने र अमेरिकीलगानीकर्तालाई बैंकयोग्यऊर्जा परियोजनाको पोर्टफोलियो तयार गर्ने सहमतिपनिभएको थियो ।

यसमार्फत एमच्याम नेपालको अनुदानदेखि व्यापारसम्म भन्ने दृष्टिकोण अझ समृद्ध भएको बताइएको छ । यसमार्फत दुवैतर्फ लगानी र व्यापार विस्तारमार्फत दुवै देशको समृद्धि अभिवृद्धि गर्ने लक्ष्यका साथ अगाडि बढाउन सहयोग पुग्ने उल्लेख छ ।

Tokha