नेप्से परिसूचक आज ४.९८ अंकले घट्यो

नेप्से परिसूचक आज ४.९८ अंकले घट्यो

काठमाडौं । सेयर बजार बुधबार सामान्य अंकले घटेको छ । मंगलबार १५ अंकले बढेको नेप्से परिसूचक आज ४.९८ अंकले घटेर २५६१ अंकमा ओर्लिएको हो ।

आज कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्ब १० करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब ७७ करोडमा सीमित भयो। बजारमा ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह १.१६ प्रतिशतले सबैभन्दा बढी बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशत र व्यापार समूह ०.३२ प्रतिशतले बढेका छन्।

विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशतले घटेको छ । बैंकिङ ०.१६, वित्त ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बिमा ०.५३, लघुवित्त ०.०८, निर्जीवन बिमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशतले तल घटेको छ ।

माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र झापा इनर्जीमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, स्वस्तिक लघुवित्त ८.१८ र पियोर इनर्जी ६.९३ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक ६.०३ प्रतिशतले सबैभन्दा धेरै घटेको छ । पिपुल्स हाइड्रोपावर ३.५८, ग्रिन डेभलपमेन्ट बैंक ३.५१ र पिपुल्स पावर ३.१८ प्रतिशतले तल झरेका छन्।

Tokha