काठमाडौं । सुनको बुधबार मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य वृद्धिसँगै आज छापावाला सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि हुँदै आज प्रतितोला ३ हजार १५० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ६० रुपैयाँले बढी हो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र माग-आपूर्ति पक्षको प्रभावले पछिल्लो समय सुनचाँदीको मूल्यमा लगातार परिवर्तन आइरहेको व्यवसायीहरूले बताएका छन् । मूल्य बढेसँगै बजारमा सुनचाँदी कारोबार केही सक्रिय देखिएको छ।

































