सुनको मूल्य प्रतितोला ३ हजार ८ सयले घट्यो  

सुनको मूल्य प्रतितोला ३ हजार ८ सयले घट्यो  

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा ६५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला तीन हजार ९० मा खरिदबिक्री हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

 

Tokha