सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?  

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। आइतबार प्रति तोला ६ हजार ९ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने ५ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानएको छ ।

महासंघले सार्वजनिक गरेको नयाँ दरसूची अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ। आइतबार उक्त दर २ लाख ४२ हजार ८ सय रूपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार १ सय ५५ रूपैयाँ पुगेको छ, जुन आइतबारको ३ हजार १ सय ३५ रूपैयाँ भन्दा २० रूपैयाँ बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको भाउ प्रतिऔंस ४ हजार ७१ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

Tokha