काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकै दिन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार सुनको मूल्य २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि असोज ३१ गते सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो भने चाँदीको मूल्य पनि हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आइतबार ३ हजार १३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

































