काठमाडौं । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा १७० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।
बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

































