सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । सुनको मूल्य बुधबार घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ४४ हजार ३०० निर्धारण गरिएको छ, जुन मंगलबारको तुलनामा २ हजार १०० ले घटेको हो ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३ हजार १७५ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ५ ले बढी हो।

मंगलबार सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४०० र चाँदीको मूल्य ३ हजार १७० थियो ।

सुनको मूल्य घट्दै जानु र चाँदीको मूल्य बढ्नु अन्तर्राष्ट्रिय बजारको उतारचढाव मुख्य कारण भएको महासंघले जनाएको छ।

Tokha