सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम घट्यो

काठमाडौं । लगातार तीन दिन घटेको सेयर बजार मंगलबार सामान्य बढेको अंकले छ । आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५ अंकमा उक्लिएको हो ।

आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम भने घटेर ३ अर्ब ६२ करोडमा सीमित रह्यो, जुन अघिल्लो दिनको ४ अर्ब ५१ करोडभन्दा कम हो ।

आज बैंकिङ समूह ०.०७, हाइड्रोपावर ०.७७, जीवन बिमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बिमा ०.५० र व्यापार ०.६९ प्रतिशतले बढको छ ।

त्यस्तै, अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.८, फाइनान्स ०.६१ र विकास बैंक ०.४७ प्रतिशतले गिरावट आएको छ ।

आज बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुंगल हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरू हालै सूचीकृत भएका हुन् ।

यसैगरी, दरामखोला हाइड्रोपावरको मूल्य ६.८८५, इस्टर्न हाइड्रोपावर ६.२९५ र स्वस्तिक लघुवित्त ४५ ले बढेको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा सिटी होटल पर्छ, जसको सेयर मूल्य ४.९६ प्रतिशतले झरेको छ।

Tokha