सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ९ सय बढ्यो

सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ९ सय बढ्यो

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य मंगलबार पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थानीय बजारमा सुन प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो।

यसअघि सोमबार पनि सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको थियो । लगातार दुई दिनको वृद्धिपछि सुनको मूल्य नयाँ कीर्तिमा पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४ हजार १ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव नेपाली बजारमा पनि परेको बताइएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा मंगलबार प्रतितोला १ सय ५ रुपैयाँले बढेर ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको हो। सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

धातु बजारका व्यापारीहरूले सुनको मूल्यमा देखिएको लगातार वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा आर्थिक अनिश्चितता र अमेरिकी डलरको उतारचढाव रहेको बताएका छन्।

Tokha