३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ । यसअघि बिहीबारको कारोबारमा नेप्से परिसुचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत विहीबार ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा आय भने कुल ३२३ स्टकको ४७ हजार २६८ पटकको कारोबारमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ ।

यसदिन सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः ५.९०, २.४२ र २.२१ अंकले घटेका छन् ।

आज तीन स्टकको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्नेमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिष्टिलरी रहेका छन् ।

दरमखोला हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ४४.२० रुपैयाँले बढेर ४८६.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माबिलुङ्ग इनर्जीको सेयर मूल्य पनि प्रतिकित्ता ४२.२० रुपैयाँले बढेर ४६४.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर कम्पनीको सेयर सर्वाधिक धेरै २७ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर पनि सर्वाधिक कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९१ प्रतिशत घटेको छ ।

त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

Tokha