सुनको मूल्य तोलामा ६ सयले बढ्यो

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार चार सय रुपैयाँ पुगेको हो ।

बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँ थियो । मूल्य वृद्धि भएपछि सुन बजारमा पुनः चहलपहल बढेको व्यापारीहरूले बताएका छन् ।

यससँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला तीन हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर तीन हजार २० रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ९९८ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

Tokha