सेयर बजार ११ अंकले घट्यो

सेयर बजार ११ अंकले घट्यो

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ११.२९ अंकले घटेको छ । बुधबार २६०७.४२ अंकमा राकिएको सेयर बजार आज घटेर २५९६.१२ अंकमा ओर्लिएको हो ।

बिहीबार कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ४१ करोडको कारोबार भयो भने बुधबार ४ अर्ब ६८ करोडको कारोबार भएको थियो ।

आज ७७ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतार-चढाव १ प्रतिशतभन्दा कम देखियो ।

बैंकिङ समूह ०.४३, विकास बैंक ०.५४, वित्त ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत ०.६८, लगानी ०.११, जीवन बिमा ०.५७, लघुवित्त ०.१३, निर्जीवन बिमा ०.९९, अन्य ०.६२ तथा व्यापार ०.२१ प्रतिशतले घटेका छन् । उत्पादन तथा प्रशोधन समूह भने ०.१२ प्रतिशतले बढेको छ।

दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनी हालै सूचीकृत भइ कारोबारमा आएका हुन् । दरामखोलाको मूल्य प्रतिकित्ता ४४२.४० रुपैयाँ र माबिलुङ इनर्जीको ४२२.७० रुपैयाँ कायम भएको छ।

त्यस्तै, उपकार लघुवित्तको मूल्य ८.१५, उन्नति सहकार्य लघुवित्तको ८.११ र मानुषी लघुवित्तको मूल्य ७.९७ प्रतिशतले बढेको छ।

Tokha