सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ पुगेको छ भने अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो ।

बुधबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँमा पुगेको हो । यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको ऐतिहासिक रेकर्ड रहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला २९९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार १० रुपैयाँ पुगेको छ। असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस ३९८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha