नेप्से परिसूचक सामान्य अंकले घट्यो  

नेप्से परिसूचक सामान्य अंकले घट्यो  

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को विन्दुमा कायम भएको हो ।

आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा ६ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह १.११, होटल तथा पर्यटन ०.०१, उत्पादन तथा प्रशोधन ०.२५, म्युचुअल फन्ड ०.२९, व्यापार ०.९३ र अन्य समूह ०.४२ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ ०.२२, वित्त ०.१२, जलविद्युत १.०५, लगानी ०.७०, जीवन बिमा १.०५, लघुवित्त ०.६३ र निर्जीवन बिमा ०.०१ प्रतिशतले घटेको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड ६८ लाख २४ हजार ४९४ बराबरको ६ लाख १९ हजार ११४ कित्ता सेयर कारोबार भएको छ ।

Tokha