सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आइतबार प्रतितोला ७ सय रुपैयाँले बढ्दै सुन महँगिएको हो ।

शुक्रबार पनि सुनमा प्रतितोला २७ सय रुपैयाँले वृद्धि भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको २ लाख ३९ हजार रुपैयाँभन्दा बढी हो ।

यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँमा पुगेको रेकर्ड रहेको थियो । त्यसैबीच, चाँदीको मूल्य भने घटेको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै आज चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tokha