सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । गत साता लगातार पाँच दिन बढेको सेयर बजार आज आइतबार घटेको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २८.८९ अंकले घटेर २६४७ अंकमा ओर्लिएको हो ।

बजार बिहान कारोबार सुरु हुँदा परिसूचक केही समयका लागि २६९१ अंकसम्म पुगेको थियो, तर त्यसपछि बिक्री दबाब बढ्दै गएपछि बजार अन्त्यसम्म ओरालोमा रह्यो ।

बजार घट्दा पनि आजको कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कुल ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको मूल्य स्थिर रहको छ। अधिकांश समूहका सूचकहरु ओरालोमा देखिएका छन् ।

उत्पादन तथा प्रशोधन समूहको सूचक मात्र ०.७३ प्रतिशतले बढेको छ। बैंकिङ १.०८ प्रतिशत, विकास बैंक १.०९ प्रतिशत, वित्त ०.८३ प्रतिशत, होटल तथा पर्यटन ०.२९ प्रतिशत, हाइड्रोपावर १.३१ प्रतिशत, लगानी १.४८ प्रतिशत र जीवन बिमा १.२० प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त १.३० प्रतिशत, निर्जीवन बिमा ०.६९ प्रतिशत, अन्य १.०४ प्रतिशत र व्यापार ०.५१ प्रतिशतले घटेका छन्।

आज सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी मूल्य घट्ने कम्पनी जोशी हाइड्रोपावर भएको छ, जसको मूल्य ७.२९ प्रतिशतले ओरालो गएको छ । त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर ५.५९ प्रतिशत, स्वेतगंगा हाइड्रोपावर ५.०७ प्रतिशत र हिमालयन हाइड्रोपावर ४.९४ प्रतिशतले घटेका छन्।

Tokha