काठमाडौं । बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको मूल्य विवरणअनुसार आज सुनको मूल्य प्रतितोला २,२०० रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ मा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज भएको कारोबारमा तोलामा ६५ रुपैयाँले बढेको छ। बिहीबार ३,२१५ रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबार ३,२८० रुपैयाँमा पुगेको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा वृद्धि देखिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,१७१ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।



































