काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको नयाँ मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेर दुई लाख ४८ हजार ८ सय रूपैयाँ पुगेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। लगातारको उतार-चढावपछि बुधबार पुनः मूल्य वृद्धि भएको महासंघले जनाएको छ ।
चाँदीमा पनि मूल्य वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर तीन हजार २२२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदीको मूल्य तीन हजार ३२० रूपैयाँ थियो ।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा कारोबार भइरहेको छ । बुधबार विश्वबजारमा सुन प्रतिऔंस ४ हजार १६७ अमेरिकी डलर पुगेको छ ।

































