सुनको मूल्यमा निरन्तर गिरावट, दुई दिनमै १३ हजार ६ सय रुपैयाँले

सुनको मूल्यमा निरन्तर गिरावट, दुई दिनमै १३ हजार ६ सय रुपैयाँले

घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ। सोमबार सुन प्रतितोला दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

तिहारपछि बजार खुलेको पहिलो दिन आइतबार नै सुन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको थियो । यससँगै तिहारपछि हालसम्म सुनको मूल्य कुल १३ हजार ६ सय रुपैयाँले घटेको छ।

यसैबीच, सोमबार चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार ३५ रुपैयाँले घटेर २ हजार ९८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्ने क्रम रोकिएको छैन। अघिल्लो मंगलबार सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट आएको थियो । सो दिन मूल्य ६ प्रतिशतभन्दा बढीले घट्दै प्रतिऔंस ४,०८२ अमेरिकी डलरसम्म झरेको थियो । यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट मानिन्छ ।

महासंघका अनुसार, अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको प्रारम्भिक सहमति जुटेपछि विश्व बजारमा सुनको मूल्य घटेको हो, जसको असर नेपाली बजारमा पनि देखिएको छ।

 

Tokha