प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक  सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक  सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक  सेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक  सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक  सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक  सेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक  सेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी  सेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी  सेयरहरू आम सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड टेष्ट मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ । आवेदन बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।

Tokha