रुपन्देही । थाई एशिया एयरले बैंकक(भैरहवा(बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ । आइतबार बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२:०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १:१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उनका अनुसार एयरलाइनले बैंकक-भैरहवा-बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ ।

































