काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन शुक्रबारको तुलनामा रुपैयाँले कम हो।
शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार २७५ रुपैयाँमा झरेको हो, जसअनुसार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ।

































