सुनको मूल्यमा रेकर्ड, प्रतितोला साढे दुई लाख नाघ्यो

सुनको मूल्यमा रेकर्ड, प्रतितोला साढे दुई लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन हालसम्मकै उच्च दर हो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई ३२७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३२४० रुपैयाँ थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्चदरमा कारोबार भइरहेकाले यसको असर नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन् ।

Tokha