सेयर बजार २२ अंकले घट्यो, तीन अर्ब १० करोडको कारोबार

सेयर बजार २२ अंकले घट्यो, तीन अर्ब १० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार २२.५८ अंकले घटेर २५०५.५८ को विन्दुमा आएको छ ।

कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता सेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ ।

म्युचुअल फण्ड ०.२४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै समूहका उपसूचक घटेका छन् । व्यापार २.०९ अन्य समूह १.२२ प्रतिशतले घटेको छ ।

त्यस्तै बैंकिङ ०.५४, विकास बैंक १.१४, वित्त १.१०, होटल तथा पर्यटन १.०६, जलविद्युत् १.१८, लगानी ०.९८, जीवन बिमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.५६ र निर्जीवन बिमा समूह ०.६५ प्रतिशतले घटेको छ ।

विन्ध्यवासिनि हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको बजारमा मनकामना इञ्जिनियरिङ हाइड्रोपावर ५.८७ र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ५.७५ प्रतिशतले घटेका छन् । त्यस्तै आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.९३ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २० करोड ५४ लाख चार हजार ३६७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा युनियन हाइड्रोपावर लिमिटेडको सेयर दुई लाख ७३ हजार ३२२ कित्ता खरिदबिक्री भएको छ ।

 

Tokha