काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा कायम भएको छ ।
आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता सेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ मा खुम्चिएको छ ।
आज म्युचुअल फन्ड ०.०६, व्यापार १.४८ र अन्य समूह ०.७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.८२, विकास बैंक १, वित्त १.४०, होटल तथा पर्यटन १.११, जलविद्युत १.७१, लगानी १.१६, जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह समान ०.९८, लघुवित्त ०.७९ र निर्जीवन बिमा समूह १.१० प्रतिशतले घटेको छ ।
आजको कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड सात लाख ८३ हजार ७१६ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर चार लाख ३३ हजार ९७ कित्ता खरिदबिक्री भएको छ ।

































