काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन ८ हजार १०० रुपैयाँले बढ्दै सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ थियो। लगातारको मूल्यवृद्धिले सुन बजारमा नयाँ उत्साहका साथै उपभोक्तामाझ चिन्ता पनि बढाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँमा रहेको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो चाँदीको मूल्य पनि हालसम्मकै उच्च दर मानिएको छ ।

































