सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार २ सय पुग्यो, चाँदी पनि बढ्यो

सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार २ सय पुग्यो, चाँदी पनि बढ्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १,२०० रूपैयाँले बढेर दुई लाख ३९ हजार २ सय रूपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला ७० रूपैयाँले वृद्धि भई तीन हजार २५ रूपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला २,९५५ रूपैयाँमा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेर प्रतिऔंस ४,३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Tokha