सेयर बजार ११.५१ अंकले बढ्यो, ३ अर्बको कारोबार

सेयर बजार ११.५१ अंकले बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । दशैं बिदा अघि अन्तिम कारोबार दिन आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर बन्द भएको छ। बजार सूचक बढे पनि कुल कारोबार रकम करिब ३ अर्ब रुपैयाँमा सीमित रह्यो।

आइतबारको समूहगत परिसूचकको अवस्था यस्तो रहेको छ :

बैंकिङ ०.८४, विकास बैंक ०.४९, वित्त ०.१०, जलविद्युत ०.७०, लगानी ०.१४, जीवन बिमा ०.८०, उत्पादन तथा प्रशोधन ०.५१, लघुवित्त ०.५९, लगानी ०.९६ र निर्जीवन बिमा ०.३२ प्रतिशतले वृद्धि भएको छ। तर, व्यापार १.२८, होटल ०.१५ र अन्य ०.१४ प्रतिशतले घटेका छन्।

कुल ३१४ कम्पनीका ३९,८५९ कारोबारबाट ७५ लाख ११ हजार कित्ता सेयर खरिद-बिक्री भएको छ, जसको मूल्य करिब २ अर्ब ९३ करोड रुपैयाँ रहेको नेप्सेले जनाएको छ । यसै दिन ग्लोबल आईएमई समुन्नत योजनाको मूल्य प्रतिइकाइ १० प्रतिशतले बढेको छ।

Tokha