काठमाडौं । सेयर बजारमा बुधबार गिरावट देखिएको छ । नेप्से परिसूचक २७.८९ अंक अर्थात् १.०३ प्रतिशतले घटेर २६५४ अंकमा झरेको हो । दिनको सुरुवाती कारोबारमा उतारचढाव देखिए पनि समग्र बजार कमजोर रह्यो।
आजको कारोबार रकम ४ अर्ब १२ करोडमा सीमित रह्यो, अघिल्लो दिनको ५ अर्ब २९ करोडको कारोबारको तुलनामा घटेको हो ।
आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। होटल तथा पर्यटन समूहको परिसूचक ०.८५ प्रतिशत बढेको छ। होटल समूह बाहेकका अन्य समूह सबै घटेका छन्। अन्य समूह सबैभन्दा बढी २.१६ प्रतिशतले घटेको छ।
बैंकिङ समूह ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बिमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बिमा १.५१ र व्यापार समूह १.६५ प्रतिशतले घटेका छन् ।
आज माथिल्लो मैलुङखोला जलविद्युत, सिटी होटल र हिमस्टार ऊर्जामा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, उन्नति सहकार्य लघुवित्तको मूल्य ५.३८, राप्ती हाइड्रो ४।६३, बुटवल पावर ४५, र कर्पोरेट डेभलपमेन्ट बैंक ३.९७ प्रतिशतले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरू युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट रहेका छन् ।

































