काठमाडौं। सेयर बजार मंगलबार २.२३ प्रतिशतले बढेको छ । ५८.६३ अंकले उकालो लाग्दा नेप्से परिसूचक २६८२ मा उक्लिएको हो । बजार बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडमा सीमित रह्यो।
आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ। बजार खुल्नेबित्तिकै दिनभर हरियो रंगमा कारोबार देखियो।
निर्जीवन बिमा समूह सबैभन्दा बढी ३.४८ प्रतिशतले बढेको छ। अघिल्लो दिन यो समूह ४ प्रतिशतले घटेको थियो । भदौ २४ गतेको विध्वंसका कारण बिमा कम्पनीका सेयरमा भारी गिरावट आएको थियो । हालसम्म निर्जीवन बिमा कम्पनीमा करिब २२ अर्ब बराबरको दाबी भुक्तानीको आवेदन परेको छ। वास्तविक मूल्यांकनपछि मात्रै बिमा भुक्तानी हुनेछ।
बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बिमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१, र व्यापार १.८३ प्रतिशतले बढेको छ।
आज ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यसमा सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एसियन हाइड्रोपावर र हिमस्टार ऊर्जा प्रमुख छन् । कालिका पावरको शेयर ९.८४ र सयपत्री हाइड्रोपावरको ९.८३ प्रतिशतले बढेको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स छन् । अधिकांश ऋणपत्रमा मूल्य घटेको देखिएको छ।

































