सुनको मूल्य तोलाको २ लाख २१ हजार ७०० मा पुग्यो, चाँदी २ हजार ६८० मा कारोबार

सुनको मूल्य तोलाको २ लाख २१ हजार ७०० मा पुग्यो, चाँदी २ हजार ६८० मा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय बढेको हो ।

त्यसैगरी आज चाँदी दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

Tokha