वीरगन्ज भन्सारबाट दुई महिनामा १ खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

वीरगन्ज भन्सारबाट दुई महिनामा १ खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

पर्सा । चालु आर्थिक वर्षको साउन-भदौमा वीरगन्ज भन्सारमार्फत १ खर्ब ४६ अर्ब ६४ करोड बराबरको सामान आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा १ खर्ब २२ अर्ब ३२ करोडको सामान आयात भएको थियो ।

भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार यस अवधिमा २४ अर्ब बढी सामान आयात हुनुका साथै राजस्व संकलनमा पनि वृद्धि भएको छ ।

त्यस्तै, निर्यातमा पनि सुधार भएको भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको दुई महिनामा ६ अर्ब ५ करोडको मात्र सामान निर्यात भए पनि चालु आवमा यो रकम बढेर १७ अर्ब ३ करोड पुगेको छ ।

Tokha