लगातार तीन पटक सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

लगातार तीन पटक सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं । भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि बिहीबार खुलेको सेयर बजारमा दिनभर नेप्से परिसूचक ६ प्रतिशतले घट्दा तीन पटक सर्किट ब्रेक लागेर कारोबार आजका लागि स्थगित भएको छ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से ४ प्रतिशतले घटेको थियो। २० मिनेट रोकिएपछि पुनः खुलेको बजारमा १ प्रतिशत गिरावट आएपछि दोस्रो सर्किट ब्रेक लाग्यो । त्यसपछि ४० मिनेट स्थगित भएर खुलेको बजारमा थप १ प्रतिशत घट्दा तेस्रो सर्किट ब्रेकसँगै आजका लागि कारोबार स्थगित भयो ।

कुल गिरावटसँगै नेप्से १६० अंकले घटेर २५११ मा झरेको छ। दिनभर कारोबार मात्र करिब ४ मिनेट मात्र चलेको र कुल ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ। आज १६ कम्पनीको मूल्य १० प्रतिशतसम्म घटेको छ।

व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशतले घटेको छ भने अन्य समूह ७.४८, होटल तथा पर्यटन ७.२४, लगानी ७.१८ प्रतिशतले तल झरेका छन् ।

बैंकिङ ५.५२, विकास बैंक ५.१३, वित्त ४.५२, हाइड्रोपावर ५.४०, जीवन बिमा ६.६६, उत्पादन तथा प्रशोधन ५.०२, लघुवित्त ४.०८ र निर्जीवन बिमा ५.४२ प्रतिशतले घटेका छन्।

Tokha