नेप्सेमा दोस्रो सर्किट ब्रेक, १३३ अंकले घट्यो

नेप्सेमा दोस्रो सर्किट ब्रेक, १३३ अंकले घट्यो

काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि बिहीबार खुलेको शेयर बजारमा नेप्से परिसूचकमा तीव्र गिरावट आएपछि दोस्रो पटक सर्किट ब्रेक लाग्यो ।

कारोबार सुरु भएको दुई मिनेटमै ४ प्रतिशतले घट्दा पहिलो सर्किट ब्रेक लागेको थियो। बजार पुनः खुलेको केही समयमा कुल ५ प्रतिशत गिरावट आएपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकियो ।

यसपछि नेप्से १३३ अंकले घटेर २,५३८ मा झरेको छ । बैंकिङ, विकास बैंक, लगानी र जीवन बिमा समूह ५ प्रतिशतभन्दा बढी घटेका छन् भने दुई पुनर्बिमा कम्पनीसहित अन्य समूह ८.९ प्रतिशतले झरेका छन्।

Tokha