काठमाडौं । नेपाली बजारमा मंगलबार फेरि सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख १७ हजार १ सय रुपैयाँमा पुगेको छ ।
सोमबार प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला २० रुपैयाँ बढेर २ हजार ५९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

































