काठमाडौं । भ्रष्टाचारविरुद्ध प्रदर्शनरत जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।
प्रदर्शनकारीहरूले नेपाल प्रहरीले तोकेको निषेधित क्षेत्र तोड्दै संसद् भवनको गेटबाट माथि चढेर भवन भित्र प्रवेश गरेका हुन्। यस क्रममा उनीहरूले संसद् भवनको गेट पनि भत्काएका छन्।
प्रहरीले घटनास्थलमा स्थिति नियन्त्रणमा ल्याउन अश्रुग्याँस प्रहार गरिरहेको छ। आन्दोलन क्षेत्रमा रहेका पत्रकारहरूको अनुसार घटनास्थल तनावपूर्ण बनेको छ।

































