काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख १० हजार ४ सय रुपैयाँमा पुगेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग बढ्नाले स्थानीय बजारमा समेत सुनको मूल्य निरन्तर वृद्धि भएको देखिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार ४९० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने शुक्रबार सुन प्रतिऔंस ३ हजार ५५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

































