नेप्सेमा गिरावट जारी, सेयर बजार १५ अंकले घट्यो

नेप्सेमा गिरावट जारी, सेयर बजार १५ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम चार अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा खुम्चिएको हो ।

आजको कारोबारमा म्युचुअल फण्ड ०.२२ र व्यापार समूह ०.०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.५५, विकास बैंक ०.८५, वित्त ०.७६, होटल तथा पर्यटन ०.९३, जलविद्युत ०.९३, लगानी ०.५४ र जीवन बिमा ०.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.६९, निर्जीवन बिमा ०.३९ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य ६.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ३३ करोड ८० लाख २२ हजार ५२४ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

Tokha