सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ९ सय पुग्यो

सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ९ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tokha