प्रतितोला २ लाख ३ हजार ६ सय पुग्यो सुनको मूल्य, चाँदी पनि हालसम्मकै उच्च

प्रतितोला २ लाख ३ हजार ६ सय पुग्यो सुनको मूल्य, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो ।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Tokha