सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक उच्च अंकले घटेको छ । बुधबार ५३ अंकले बढेको नेप्से आज ३७.१० अंकले घटेर २७८२.०० अंकमा ओर्लिएको हो ।

आज कारोबार रकम भने बढेको छ । बुधबार ७ अर्ब ६५ करोडको कारोबार भएको नेप्सेमा आज ८ अर्ब ९५ करोड रुपैयाँबराबरको कारोबार भएको हो । आज २४ कम्पनीको मूल्य बढ्दा २२७ वटाको भने घटेको छ ।

आज विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घट्यो । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बिमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशत घटे । निर्जीवन बिमा जम्मा ०.०१ प्रतिशत बढ्यो ।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युतको मूल्य ३.६२, थ्रीस्टार हाइड्रोपावरको ३.४१, एनएलजी इन्स्योरेन्सको ३.१९ तथा पिपुल्स पावरको मूल्य ३.१७ प्रतिशत बढ्यो ।

त्यस्तै ओरियन्टल होटलको मूल्य सबैभन्दा धेरै ४।७१ प्रतिशत घट्यो । लुम्बिनी विकास बैंकको ४।१८, सांग्रिला डेभलपमेन्ट बैंकको ३।८७, सिक्लेस हाइड्रोपावरको ३।८० तथा जनउत्थान सामुदायिक लघुवित्तको ३।६६ प्रतिशत मूल्य घट्यो ।

Tokha