तीन दिनपछि बढ्यो सेयर बजार, ३१७ कम्पनीको पाँच अर्ब ७५ करोडको कारोबार

तीन दिनपछि बढ्यो सेयर बजार, ३१७ कम्पनीको पाँच अर्ब ७५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.३० अंकले बढेर २७६१.२६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक ०.७७ प्रतिशतले बढेको हो ।

आज ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता सेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२.७८ को कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह ०.०५ र म्युचुअफ फण्ड समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

बैंकिङ ०.५८, विकास बैंक ०.९५, वित्त ०.२०, होटल तथा पर्यटन ०.४५, जलविद्युत ०.३२, लगानी ०.३४, र जीवन बिमा समूह ०.५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त १.५०, निर्जीवन बिमा ०.३१, व्यापार ०.०५ र अन्य समूह २.७९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड-१ को सेयर मूल्य ३.८७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ करोड ९६ लाख ७७ हजार ९५१ बराबरको शेयर किनबेच भएको छ ।

त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा भने सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सबैभन्दा बढी पाँच लाख ३७ हजार ५५० कित्ता शेयर किनबेच भएको छ ।

Tokha