दुई दिनमै २८ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो

दुई दिनमै २८ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनदेखि सुनको मूल्य ओरालो लागेको छ। मंगलबार तोलामा १२ सय रुपैयाँले घटेको सुन बुधबार थप घटेर दुई दिनमै २८ सय रुपैयाँले मूल्य कम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो भने मंगलबार १ लाख ९५ हजार १ सय रुपैयाँमा झरेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा २३ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर २ हजार २ सय ५५ रुपैयाँ झरेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ३,३१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३७.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Tokha