नेप्से परिसूचक ६ अंकले बढ्यो, सबै समूहको उपसूचक सकारात्मक

नेप्से परिसूचक ६ अंकले बढ्यो, सबै समूहको उपसूचक सकारात्मक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको छ ।

आज ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता  सेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ ०.४०, विकास बैंक ०.२०, वित्त ०.०२, होटल तथा पर्यटन ००५, जलविद्युत ०.१६ र लगानी समूह ०.२१ प्रतिशतले बढेको छ ।

त्यसैगरी जीवन बिमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.१२, म्युचुअल फन्ड ०.२९, निर्जीवन बिमा ०.११, व्यापार ०.१८ र अन्य समूह ०.०९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको  सेयर मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको  सेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३१ करोड ७२ लाख ३७ हजार ८७२ बराबरको कारोबार भएको छ ।

कारोबार भएका  सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको पाँच लाख ४३ हजार ६ सय कित्ता खरिदबिक्री भएको छ ।

Tokha