नेप्से परिसूचक २७ अंकले घट्यो, सबै उपसमुह राताम्य

नेप्से परिसूचक २७ अंकले घट्यो, सबै उपसमुह राताम्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ । नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१ अंकमा झरेको हो । कारोबारको सुरुवाती चरणमा २८०३ अंकसम्म पुगेको बजार दिनभर ओरालो लागिरह्यो ।

आज कुल ५८ कम्पनीको सेयर मूल्य बढ्यो भने १९१ कम्पनीको मूल्य घट्यो । सबै समूहका सूचकहरू रातो सूचीमा रहे । व्यापार समूह सबैभन्दा बढी १.६४ प्रतिशतले घट्यो। यसैगरी, अन्य १.३४ प्रतिशत, माइक्रोफाइनान्स १.३१ प्रतिशत र बैंकिङ १.०३ प्रतिशतले घट्यो।

कारोबार रकममा भने वृद्धि भएको छ । अपर स्याङ्गे हाइड्रोपावर, कालिका पावर, अपर हेवाखोला लगायतका कम्पनीहरूको मूल्यमा उल्लेख्य वृद्धि भयो ।

यता, सम्पदा लघुवित्त, ट्रेड टावर, ग्रिन डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंक जस्ता कम्पनीहरूको मूल्यमा भने ठूलो गिरावट आएको छ।

Tokha